प्रणय दिवश विषेश :
हातमा हात जोड्ने हो भने आउ म तिम्रै हुँ।
मुटुमा फूल गोड्ने हो भने आउ म तिम्रै हुँ।।
पहाडै पहाड बनेर आउछन्, जो पनि अगाडी,
तिमी त्यो पहाड फोड्ने हो भने आउ म तिम्रै हुँ।।
एक तमास भो जिन्दगी कतै टक्क अडिए जस्तो,
मिलेर सँगै मोड्ने हो भने आउ म तिम्रै हुँ।।
अपुरो भो जिन्दगी के- के नपुगे जस्तो,
तिमी ती नपुग भोर्ने हो भने आउ म तिम्रै हुँ।।
दुनियाँले के सुन्छन्, दुनियाँले के भन्छन्,
अन्धबात सारा तोड्ने हो भने आउ म तिम्रै हुँ।।
साक्षी राखेर प्रेमलाई खाउँला कशम मायालु,
परे प्राण सँगै छोड्ने हो भने आउ म तिम्रै हुँ।।








