गजल


#
मान्छेले मान्छेलाई नै भ्रममा पारेर ।
बांचेका छन यसरी आफ़ैसंग हारेर ।

कसैले पनि सोचेको हुदैन कहिल्यै,
 कांडा  मात्रै  पलाउंछ  फूल सारेर ।

केहि लिनु छैन प्रतिफलमा मलाई,
वर्षौ देखि  बसेको  छु नदि तारेर ।

अलिकति मात्रै छ बचेको यो दिलको टुक्रो,
नजिकै आउ तिमी र जाउ त्यो पनि झारेर ।


=======================
#.

तिमी आयौ
यी नजरमा नहट्ने, तस्वीर बनेर आयौ ।
बजिरहन्छौ ढुकढुकीमा,मञ्जीर बनेर आयौ ।।

आउदैथिएँ म पुजारी बनेर प्रेमको
मायानै मायाको तिमी,मन्दिर बनेर आयौ ।।

रित्तो रित्तो थिएँ म उजाड बगर जस्तो
जिन्दगी अचानक बदल्ने,तक्दीर बनेर आयौ ।।

=गजल=
- श्रेष्ठ समनश्री, बर्दिया
( स्वर/संगीत- सुरज श्रेष्ठ )

=========================================================
#.

शब्द: श्रेष्ठ समनश्री
स्वर: घनश्याम गिरी
संगीत: ओम सुनार
---------------------------------------------------
दुई चुल्ठी बाटेकीलाई, माया मेरो भन्दिनु है ।
वैशले खुब मातेकीलाई, माया मेरो भन्दिनु है ।

तनमन मेरो लगि आफै, अघि अघि तर्किएरै
बाटो मेरो काटेकीलाई, माया मेरो भन्दिनु है ।

बोलाएर बात गर्न, पर्खाएर चौतारीमा
आउँछु भनि ढाँटेकीलाई, माया मेरो भन्दिनु है ।

Free Download the song Dui chulthi 

=========================================================

#.

भ‘कै प्रित उन्ले, लुकाएर हारेँ ।
वसन्तै नआई, दुखाएर हारेँ ।।

नढाँटी सविस्तार्, उनै सामु मैले
मनैका कुरा सब्, फुकाएर हारेँ ।

सजाई सधैँ नै, बगैचा मनैले
झरेका सबै मुल्, सुकाएर हारेँ ।

जिताई उनैको, दिई घात पीडा
र तर्वार मैले, उठाएर हारेँ ।

सुवासै बिना के, फुली फूल होला
त्यसै मुल्य सारा, चुकाएर हारेँ ।।

( मुतकारिब फऊलुन् मा )

- श्रेष्ठ समनश्री, बर्दिया

=========================================================