प्यास गजल पत्रिका
सम्पादकः दीप सागर प्यासी
मूल्यः US$5
रू. १००
भा.रू. १५०
‘प्यास’ गजलको अभियानमा निरन्तर क्रियाशील पत्रिका हो ।
नवौँ वर्षमा प्रवेश गर्दासम्म पनि र यो उन्नाइसौँ अङ्क प्रकाशन गर्दासम्म
पनि यसले आफ्नो स्तरलाई कायम नै राखेको छ । यस अर्थमा ‘प्यास’को अध्ययनविना
नेपाली गजलको इतिहासलेखन पूर्ण हुँदैन भन्ने म ठान्दछु । यसमा प्रकाशित
गजलका माध्यमबाट त्यहाँ बस्ने गजलकारको दृष्टिकोण बुझ्न सकिने भएकाले यो
सम्पूर्ण गजलप्रेमीहरूका लागि खुसीको विषय हो ।