कविता


अनिर्णयको बन्दि !
-----------------------------

न वार छ न पार छ
देश
म जस्तै-
अनिर्णयको बन्दि !

संबिधानसभाको
आकाश टेकेर
जमिन उठाउने
सपनामा -
टाउको ठोकिरहेका नेताहरु
तिमि जस्तै--
मौन छन्
अनिर्णित छन्
 र छन् बेचैनी !!

नढाँटी  भन

__________________________

धेरै भयो नसोधेको,
तिम्लाई -
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।

नढांटी भन -
भर्खरै मेरो दिलको कुनामै ;
छोएर गएको बाडुली,
तिम्रो हो कि होइन?

नढांटी भन -
शिरको बाटुलो चुल्ठिमा,
कस्का लागि हो त्यो,
सिउरेर ल्याएको रातो गुलाब ?

कैले बाटो मंतिरको चौतारीमा,
कैले क्याफ़े र साइबरमा
टोलाएर आईरहने कस्का हुन ति यादहरु?
नढांटी भन -
कस्का हुन रातमा अबेरसम्म,
ननिदाई एकोहोरो आईरहने कल्पनाहरु?
सपनीमा बर्बराउने प्रेमिल बातहरु ?

धेरै भयो नसोधेको,
तिम्लाई -
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।
============================================

रंग र पेजहरु

यौटा जीवन
निरन्तर पेजहरु र तिमी--
प्रेमिल रंगहरुमा ।

समय
पदचाप
र आस्था
कालान्तर वा मध्यान्तर
यी बिचका ग्यापिङ्सहरुमा
तिम्रा कालजयी शब्द(जीवनहरु
पक्कै भरिनेछन् म्रिदुभाषहरु ्र

  पर्खाइका बिन्दुहरु
छोट्टिएर निरन्तर(निरन्तर
प्रेमिल बुँदहरुसँग
यौटा वर्षात .....
अर्थात वर्षात हैन रंगमा
कोरिनेछन् सम्पूर्ण आगामी पेजहरु‘ ‘
आगामी यात्राहरुमा

बस्
यौटा जीवन
अन्ततस्  रंगीन छ तिमीमा ।

       .....  रंगीन रहिरहनेछ।।


============================================

थारु भाषाका कविताहरु
 ============================================

जन्ताहुकनसे !

जे फे मुन्टिम् चह्रत
ओ सोझ्–डुब्बरहुकन्केल डेरुवइथाइँ—
झुक्कान् जैसिन् ।

आईथाइँ ओ लुट्टिरथाइँ
—इमान
—खुसी
—सोझपन्
लुटेराहँुक्रे जस्तेक् करके
चोर डाँकु हँुक्रे जस्तेक् करके
झुक्काहुँक्रे ।।

सेक्थाइँ कलेसे —
सगरमाथाके टुप्पा तुरदेथाइँ सायद
ओईने,
सिमा बेच्देथाइँ सायद यी मनके
सेक्थाइँ कलेसे —
उडादेथाइँ सायद ई देश बिहिन चिरैं जस्तेक्
तुहन ओ हमन फे ।

अत्रै कहना बा—
ई देशके आवाज बिहिन जन्ताहुकन्से
विज्ञान प्रयोगशालाम् झुलाईल्
बस् अत्रै बचल बा
—तुहार हड्डिगोड्डी
हाँ, ऊ फे लुटाउ अब्
ईहे झुक्काहुकन्से 
ओ कहिदेऊ —
घुमके आईना नाई हो फेर फेरसे
झुक्कनके देशम् झुक्काके जैसिन
अचेतन ओ अविवेक होके ।

२.
मोमबत्ति

नम्तिरहे माथ
धिरेसे —दुपहर
सुर्य एकदम लग्गेसे गौरके
सक्कु अंङ्गम् दडौंर स्पर्शम्
ऐसिक् नाकके टुप्प चलाई नाईपाईती
चुहल् घुइयाक् पतियाक् थोपा
एक बेशहर ढिक्वाम्
ढिक्वाम् फुलल् केवला दाबल्
एक बगाल चिरैं
ओ चल्तिरहें बिना स्वाद बहल नहर ।

एैसिन लागथ—
ओजरारके आशम् एक थो जून्हियाँ,
मलिन याद 
झुलल् एक्कै चुटी आश,
ओकर पिठीम्
सुख्हुन जस्तेक् छिट्काइल्
सायद सुक्तिरहे ज्यान...।।


================================================




बाँकी छ
 ========================
तिमीले पनि सुनेको,
मैले पनि सुनेको,
केहि आवाजहरु —
तिमीले पनि,
मैले पनि
अझै सुन्न बाँकी छ ।

सन्दुकमा,
खाँदिएका चीज जसरी गुम्सिएका
दुई थान मनहरु—
नदीका प्रवेगहरु जस्तै
कुना कुनाबाट
अचानक खुल्न बाँकी छ,
सर्बतमा,
चिनी र पानी घुलिए जसरी
अमिट एकाकारमा घुल्न बाँकी छ ।
अझै बाँकी छ —
रंगहरु घुलिए जसरी
रंगिन बनाउन
—यी सपनाहरु
—यी यायावरहरु
तिमीले पनि,
मैले पनि
अझै बुझ्न बाँकी छ,
केहि जिन्दगीका तरंगहरु ।।
=====================================