मुक्तक



 
१.
जसरी रमाउछन् बच्चाहरू आमाको एक मुस्कान पाएपछि ।
त्यसरी झुल्दछन् धानका यि बालाहरू किसान आएपछि ।
किन गोडमेल गरिरहन्छन् माली, दिनभर बगैँचामा ?
शिक्षकको पाठशाला र फूलहरूमा खोज्नु भगवान चाहेपछि ।।

=========================================

२.
हिड्दै जाऊ बाटोमा को को भेटिन्छन को को भेटिन्छन |
ढुक्क होऊ कोहि हुने छैनन तिम्रो जो जो भेटिन्छन |
मात्र पिउनेछन समय तिम्रो, समयले जस्तै बर्बाद
जति भेटिन्छन यो शहरमा, सब सब भोको भेटिन्छन ||

=========================================
३.

 =========================================

४.
नजिस्कनु नचलाउनु आगो र पानीलाई ।
केहि गुनासो छैन मेरो बिर्सेर जानीलाई ।
फर्केर पक्का आउनेछन ति सबै गएकाहरू,
त्यो दिन जब बुझ्नेछन समनको बानीलाई ।।

=========================================

५.
 "लडौला, नआउ नजिक !" तारे भिरले भन्यो ।
"जीवन, फगत् बोझ हो !" यौटा फकिरले भन्यो ।
फकिरले पनि अब जिन्दगी, भिरमा खोज्दैछ यहाँ,
"नपस, सर्कार जस्तै हो मुर्ती !" मन्दिरले भन्यो ।।

=========================================

6.
 नभाँच फूलको थुंगा, भाच्यौ भने के हुन्छ के हुन्छ /
ननाँच त्यसरी भैगो, नांच्यौ भने के हुन्छ के हुन्छ /
म सम्हालुँ कसोरी आफुलाई, ती गालाका खाडल देखेर,
नहाँस तिमी त्यसरी, हाँस्यौ भने के हुन्छ के हुन्छ /??