Feb 26, 2016

बर्दिया जानु भएको छ ?

आफ्नो छुट्टै परिचय र पहिचान बोकेको मध्य र सुदुर पश्चिमकै मुलद्वारको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृति बिबिधता र प्राकृतिक सुन्दरता भएको रमणीय जिल्ला हो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ।

मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको दक्षिण पश्चिममा पर्ने यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तरी प्रदेश पर्दछ। यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग कि. मि. मध्ये अधिकांस भु-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँकि भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरुको बहुल्यता रहेको यो जिल्लाम पछिल्ला दिनहरुमा वाहय जिल्लाहरुबाट बसाई सराई गरि आउनेको चापले गर्दा जातिय विविधता रहेको छ।









कृष्णसार क्षेत्र, खैरापुर


बबई न. पा. 



ठाकुरद्वारा मन्दिर परिसरमा रहेको नागको मुर्ति। 












-->




गोही प्रजनन केन्द्र, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा


-->





-->





-->