Feb 26, 2016

बर्दिया जानु भएको छ ?

आफ्नो छुट्टै परिचय र पहिचान बोकेको प्रदेश नं ५ (मध्य र सुदुर पश्चिम)कै विशेषणको रुपमा रहेको बर्दिया जिल्ला मौलिकता, सांस्कृतिक बिबिधता, धार्मिक सहिष्णुता र  पर्यापर्यटकिय सुन्दरताले भरिपूर्ण र रमणीय जिल्ला हो । नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा चिनिने बर्दिया जिल्लाको बिकासको अर्को दरिलो खम्बा पर्यटन हो ।
थारु बहुल यो जिल्लाको ठाकुरद्वारा, कृष्णसार,ताराताल, राजापुर-कोठियाघाट, बढैयाताल, सत्खलुवा, निर्माणाधिन केदारेश्वर मन्दिर, बबई, बिभिन्न होमस्टे लगायतका अन्य थुप्रै घुम्न लालायित पार्ने स्थानहरु हुन।

एकैछिन 'फ्ल्यासब्याक' गराउछु है त ।
बर्दिया-शब्द आफैमा फरक 'कम्बिनेसन'बाट बनेको होला जस्तो सुनिन्छ। र हो पनि । रमाईला केही प्रसंगहरु छन ।

१) स्थानिय थारुभाषामा गाई गोरुलाइ वलिबर्द भनिने र यहाँको गाई-गोरु राम्रो मोटाघाटा र बलिया हुने हुँदा यो ठाँउलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामकरण गरिएको मानिन्छ । ऐश्वर्य र सवृद्धको प्रतिकका रुपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।

२) तत्कालिन पदनाह गा.वि.स. र हालको बारबर्दिया नगरपालिकामा बारबर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर राजाको दरबार थियो । बारबर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाईसराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई पनि छ ।

३) थारु भाषामा गाईगोरु पाल्नेलाई बर्दवा भनिन्छ । बर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र बर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि बर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ।

त्यस्तै बर्दिया नयाँ मुलुकको नामले पनि चिनिन्छ। ईतिहास अनुसार वि.स.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भु-भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएको थियो र यी जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छ ।

मैले यहाँ बर्दियालाई प्रतिनिधित्व गर्ने केही तस्बिरहरु ब्लग गर्ने जमर्को गरेको छु । सुझाव, प्रतिकृया जनाउनुहोला ।








कृष्णसार क्षेत्र, खैरापुर


बबई न. पा. 



ठाकुरद्वारा मन्दिर परिसरमा रहेको नागको मुर्ति। 












-->




गोही प्रजनन केन्द्र, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा


-->





-->





-->

तस्बिरै तस्बिर !