May 22, 2015

:: केहि मुक्तकहरु (वाचन सहित) ::


१.
भगवानले  यति  सुन्दर मुहार बनाईदियो ।
मान्छेले त्यै मुहार बिक्ने बजार बनाईदियो ।
तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने अब,
सोच भगवानले नै यो कस्तो विचार बनाईदियो ।।

२.
मान्छेका हर व्यबहार, गुन कहाँ हुदो रैछ र ?
भगवानका पनि त चानचुन कहाँ हुदो रैछ र ?
म यहि सम्झेर चित्त बुझाईरहेछु हिजोआज,
आकाशसँग पनि त सधैं, जून कहाँ हुदो रैछ र ??

३. 
“लडौला, नआऊ नजिक !” यौटा तारे भिरले भन्यो ।
“जीवन, फगत् बोझ हो !” यौटा फकिरले भन्यो ।
फकिरले पनि अब जिन्दगी, भिरमा खोज्दैछ यहाँ,
“नपस, सरकारजस्तै हो मूर्ति !” मन्दिरले भन्यो ।।


भिडियो हेर्नुहोस ::