Aug 29, 2013

प्यासको प्रवासी अंक; समिक्षा

- डा. कृष्णहरि बराल
प्यास गजल पत्रिका
सम्पादकः दीप सागर प्यासी
मूल्यः US$5 रू. १०० भा.रू. १५०
                   ‘प्यास’ गजलको अभियानमा निरन्तर क्रियाशील पत्रिका हो । नवौँ वर्षमा प्रवेश गर्दासम्म पनि र यो उन्नाइसौँ अङ्क प्रकाशन गर्दासम्म पनि यसले आफ्नो स्तरलाई कायम नै राखेको छ । यस अर्थमा ‘प्यास’को अध्ययनविना नेपाली गजलको इतिहासलेखन पूर्ण हुँदैन भन्ने म ठान्दछु । यसमा प्रकाशित गजलका माध्यमबाट त्यहाँ बस्ने गजलकारको दृष्टिकोण बुझ्न सकिने भएकाले यो सम्पूर्ण गजलप्रेमीहरूका लागि खुसीको विषय हो ।
विदेशमा बस्ने नेपालीहरूद्वारा रचना गरिएका गजलहरूको सङ्कलन भएकाले यस सङ्ग्रहमा त्यहाँ बस्दाको दुःखसुख, आफ्नो मातृभूमि तथा गाउँसहरको स्मरण आदि कथ्य विषयको प्रयोग त हुने नै भयो । यसका अतिरिक्त आफ्नो मातृभूमिप्रति माया नदेखाउने जोकोहीप्रति पनि व्यङ्ग्य प्रहार गर्ने काम पनि यसभित्रका कतिपय गजलले गरेका छन् । अनि मायाप्रेमका गजलहरू पनि उनीहरूद्वारा धेरै नै रचना गरिएको पाइन्छ । विदेशमा बस्नाको बाध्यता र समस्याहरूलाई यस सङ्ग्रहमा भएका होमनाथ सुवेदी, नवराज बुढामगर, खगेन्द्र अधिकारी ‘अमृत’, मनोज बिराली, उषा न्यौपाने, रूमानी, सुरेश बुढाथोकी, मायालुदोर्ण बुढाथोकी आदिका गजलले देखाएका छन् भने विदेशमा बस्दा पनि स्वदेशलाई भुल्न नसकेका भावका गजलहरू तिलक भट्टराई ‘अञ्जान’, जीवन दहाल, मीरा मन थापा आदिले रचना गरेको पाइन्छ । डा. रूपक श्रेष्ठ, सुरेश वाग्ले, सावित्रा लुइटेल घिमिरे, डा. गोपाल पौड्याल, दिनेशराज ज्ञवाली, दिर्गराज प्रियसी, किरण कौशल मेयोङ्वा ‘मोती’, दलबीरसिंह बराइली ‘घायल’, एलिना सङ्ग्रौला, गनिन्द्र विवश, सरिता खड्का ‘क्रान्ति’, झलकराज पौडेल, भोला सिवाकोटी ‘पुरानाघरे’, भुवन रोका ‘मित्रजी’, विक्रम पालुङ्वा, अभागी कान्छा ‘गाउँले’, कृष्णमानव खड्का, मायालुदोर्ण बुढाथोकी तथा ज्ञानेन्द्र गदालका गजलमा देशभक्तिका सुन्दर भावको प्रयोग पनि पाइन्छ । यस सङ्ग्रहका धेरै गजलहरूमा प्रेमभावको अभिव्यक्ति पाइन्छ । डा. रूपक श्रेष्ठ, मबि सिंह, शिव प्रकाश, गोविन्द गिरी ‘प्रेरणा’ लक्ष्मी अनुरागी, भगवती बस्नेत, प्रदीप चापागाईँ, निर्मला खड्का, हरि मानन्धर ‘विवश’, श्रीजन श्री, कृसु क्षेत्री, दीप्स शाह, गोविन्द भावुक, सुरेश वाग्ले, रोशनी खनाल, टीका खड्का ‘राष्ट्रप्रेमी’, कल्पना अवस्थी, आचार्य प्रभा, सुरेशजी नाचिज, पदम ‘चिन्तित’ नेपाल, नवीन आचार्य, कल्पना गिरी ‘भावुक’, मोहन रावल ‘अनमोल अस्तु’, सपना गौतम, सजना गुरुङ ‘प्रयत्न’, बसु श्रेष्ठ, कोमलप्रसाद भट्ट, खगेन्द्र अधिकारी ‘अमृत’, राधा गौतम, मुना सिग्देल, शमा श्री, मीरा मन थापा, अनन्त लम्साल, सुनिल सङ्गम, सुचित्रा खनियाँ, निष्प्रभ सजी, सहदेव भट्ट, दीप दर्शन, गनिन्द्र विवश, लक्ष्मण न्यौपाने ‘रामानुज’, प्रकाश ‘अजनबी’ पौडेल, रमण पनेरू, रतनबहादुर वि.क., जहरसिंह तामाङ, महेश्वर पन्त, जगत नवोदित, तिलक भट्टराई ‘अञ्जान’, रमेश ‘प्रसाद’, हरिश ठगुन्ना ‘निर्मल’, सुरेश बुढाथोकी, अभागी कान्छा ‘गाउँले’, बुद्धि मोक्तान, कृष्णमानव खड्का, टी.एस. राई, पूर्णबहादुर गुरुङ, गङ्गा पौडेल ‘शुभ’, विवेक दुलाल क्षेत्री, स्वप्निल बराल, आदिले प्रेमलाई पनि आफ्नो कथ्य बनाएका छन् । यस सङ्ग्रहमा सामाजिक (रूपक वनवासी), रक्सी (शिव प्रकाश, विपुल सिजापति), समय त्रासदी (अमर त्यागी), विसङ्गत वर्तमान ( बि प्र), मानवता (टीका खड्का, लक्ष्मण मिलन बिष्ट, आकाङ्क्षा शर्मा), नारीको शक्ति÷समस्या (भगवती बस्नेत, कृष्णकला वनेम) निराशा (दीप्स शाह), गरिबी (लक्ष्मण मिलन बिष्ट, आचार्य प्रभा), समकालीन सन्दर्भ (दिनेशराज ज्ञवाली) वीरता (आकाङ्क्षा शर्मा), असमानता (सोमनाथ सुवेदी), अधुरो क्रान्ति (किरण कौशल मेयोङ्वा ‘मोती’), रोजगारीको समस्या (राज अविरल यात्री), गजलमा देखिने कमजोरी (जितेन्द्र मल्ल), सङ्घीयता, धर्मको अवैज्ञानिकता (राजु काश्यप) जस्ता भावका गजलहरू पनि यसमा समेटिएका छन् ।