Jul 4, 2013

गायक सुरज श्रेष्ठ 'मुद्दा हाल्ने' तयारीमा

काठमान्डौ, २0 असार /

नेपाली सुगम संगितको दुनियामा "सुर" एल्बम मार्फ़त छुट्टै पहिचान बनाएका गायक सुरज श्रेष्ठले अब छिट्टै आफ़्नि प्रेमिकालाई 'मुद्दा हाल्ने' तयारी गरेका छन ।


दोश्रो एल्बमको तयारीमा रहेका गायक सुरज श्रेष्ठले 'मुद्दा हालिदिन्छु...' बोलको गीत रेकर्ड गरेर म्युजिक भिडियोको समेत सुटिंग सकिसकेको जनाएका छन । प्रेमिकाले माने पनि नमाने पनि आफ़ुले माया गरिरहने, पच्छ्याईरहने र उनलाई आफ़्नो बनाउन नपाए मुद्दा हालिदिने, ज्यानै फ़ालिदिने हवाला दिदै गायकले युवा मन छुन खोजेका छन गीतमा । निकै फ़रक र एक्सपेरिमेंटल मानिएको सो म्युजिक भिडिओको इडिटिंग भईरहेको जनाईएको छ ।

अकेशा बिस्ट अभिनित उक्त म्युजिक भिडियोमा नयांपन दिन खोजिएको निर्देशक रुद्र बोहोराले बताए । गीत र म्युजिक भिडिओ अबको केहि दिनमै रिलिज गर्ने जनाईएको छ ।