Jul 15, 2013

बनेपामा गजल उत्सव सम्पन्न

असार २२/ दिनमान गुर्मछान,
बनेपामा शनिबार गजल उत्सव सम्पन्न भएको छ । राष्ट्रियस्तरका गजलकारहरूका गजल गायन र
विभिन्न जिल्लाका गजलकारहरूका गजल वाचन समेटिएको गजल उत्सव कार्यक्रम वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य तथा बुकी साहित्य परिवारका अध्यक्ष दिनमान गर्ुमछानको सभाध्यक्षतामा शनिवार भव्य रूपमा सम्पन्न भयो

। बुकी साहित्य परिवार बनेपा काभ्रे आयोजक तथा विराग प्रतिष्ठान गौशाला काठमाडौं सह आयोजक रहेको कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ बूँद राना, गजलकार राम बहादुर पहाडी र मनोज न्यौपानेले मन्तव्य व्यक्त गर्दै यस प्रकारको कार्यक्रमले साहित्यको श्रीवृद्धिमा गहन अर्थ
राख्ने बताउनु भयो र गजल वाचन गर्नु भयो । कार्यक्रममा पाल्नु भएका माहानुभावहरूलाई स्वागत मन्तव्य अविरल ओझेलले गर्नु भएको थियो । ब्याच बितरनमा पलपल दाहाल र निहारिका नगरकोटी रहेका थिए । बनेपाको पञ्चकन्या वैन्क्वेटको हलमा ख
चाखाच भरिएका दर्शक स्रोतामाझमा ज्ञानुवाकर पौडेल, रामगोपाल आशुतोषर्,इश्वरी कार्की वषर्ा, दिनमान गर्ुमछान, अविरल ओझेल, नरेन्द्रकुमार नगरकोटी, श्रेष्ठ समनश्री, नवराज भट्टर्राई, चित्र भट्टर्राई, निश्चल दाहाल, पुरू लम्साल, घायल योद्धा,गौरी नेपालीका गजलहरू साङ्गीतिक रूपमा प्रस्तुत गरियो । सुरेन्द्र श्रेष्ठ, आदेश गर्ुमछान,सुरज श्रेष्ठ, थानेश्वर गौतम, एस के एस, सरू गौतम, बिक्रम सुवाल, सोनिशा ताम्राकार, सोनी तामाङ, सन्तोष ताम्राकार, अच्युत भट्टर्राई, अनुराग सापकोटा, सन्तुष्टी दाहाल लगायतले गायन प्रस्तुत गरेको कायक्रममा रौनकता थपिएको थियो / वाद्यवादनमा तबला मधुसुदन गैरापिप्ले, गोपाल कर्माचार्य, शिशिर श्रेष्ठ गितारमा बिक्रम सुवाल, सितारमा पुष्पा श्रेष्ठले साथ दिनुभएको थियो । कार्यक्रममा गजल वाचन निरज भट्टर्राई, जीवनपानी, टीकाराम भण्डारी, उदिपराज ढुङ्गाना, मन क्षेत्री, सुधा शाही, मिलन समिर, पर्शुराम परासर, प्रोल्लास सिन्धुलिय, संगीता थापा, निर्मला स्नेही, सुशिला हसिना, राजिव रिमाल, रविन स्नेही, जुभामा काभ्रेली, दिनेश दाहाल, शिशिर भट्टर्राई, रोशन पुन, भक्तपुरे काली लगाएतले गजल बाचन गरेका थिए ।

गजल उत्सव काभ्रेमा पहिलो पटक आयोजना गरिएको र यस्तो खालको उत्सवले काभ्रेमा गजलको राम्रो माहौल सिर्जना गरेको देखिन्छ । कार्यक्रममा उपस्थित स्रोताहरूमा उत्साह भरिएको थियो ।