Jun 24, 2013

गजल

मान्छेले मान्छेलाई नै भ्रममा पारेर ।
बांचेका छन  यसरी  आफ़ैसंग हारेर ।

कसैले पनि सोचेको हुदैन कहिल्यै,
 कांडा  मात्रै  पलाउंछ  फूल सारेर ।

केहि लिनु छैन प्रतिफलमा मलाई,
वर्षौ देखि  बसेको  छु नदि तारेर ।


अलिकति मात्रै छ बचेको यो दिलको टुक्रो,
आउ नजिकै तिमी र जाउ त्यो पनि झारेर ।

.