Nov 10, 2013

मुद्दाको छिनोफानो गर्न गायक सुरज श्रेष्ठ दर्शकको अदालतमा हाजिर !

आफ़्नि प्रेमिकालाई 'मुद्दा हाल्ने' तयारी गरेका गायक सुरज श्रेष्ठ मुद्दाको छिनोफानो गर्न  दर्शकको अदालतमा हाजिर भएका छन !





Sep 5, 2013

बर्दियाली प्रतिनिधि गजल सङ्रह; सम्पादकीय

The Editorial of the book is being published...... wait.....
=======================
पुस्तक : बर्दियाली प्रतिनिधि गज़ल
प्रकाशक : बर्दियाली साहित्य मन्च, बर्दिया
सम्पादक : श्रेष्ठ समनश्री
ISBN : ९७८-९९३७-२-४४९३-०
 


Aug 29, 2013

प्यासको प्रवासी अंक; समिक्षा

- डा. कृष्णहरि बराल
प्यास गजल पत्रिका
सम्पादकः दीप सागर प्यासी
मूल्यः US$5 रू. १०० भा.रू. १५०
                   ‘प्यास’ गजलको अभियानमा निरन्तर क्रियाशील पत्रिका हो । नवौँ वर्षमा प्रवेश गर्दासम्म पनि र यो उन्नाइसौँ अङ्क प्रकाशन गर्दासम्म पनि यसले आफ्नो स्तरलाई कायम नै राखेको छ । यस अर्थमा ‘प्यास’को अध्ययनविना नेपाली गजलको इतिहासलेखन पूर्ण हुँदैन भन्ने म ठान्दछु । यसमा प्रकाशित गजलका माध्यमबाट त्यहाँ बस्ने गजलकारको दृष्टिकोण बुझ्न सकिने भएकाले यो सम्पूर्ण गजलप्रेमीहरूका लागि खुसीको विषय हो ।

Aug 28, 2013

पाल्पाको तानसेनबाट फर्कदै गर्दा बाटोमा जे देखियो.....(तस्विरहरु )

पाल्पाको चौबिस माइलमा अचानक गएको पहिरोमा आएको चट्टानले थिचेको निजी कार

Jul 15, 2013

बनेपामा गजल उत्सव सम्पन्न

असार २२/ दिनमान गुर्मछान,
बनेपामा शनिबार गजल उत्सव सम्पन्न भएको छ । राष्ट्रियस्तरका गजलकारहरूका गजल गायन र
विभिन्न जिल्लाका गजलकारहरूका गजल वाचन समेटिएको गजल उत्सव कार्यक्रम वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य तथा बुकी साहित्य परिवारका अध्यक्ष दिनमान गर्ुमछानको सभाध्यक्षतामा शनिवार भव्य रूपमा सम्पन्न भयो

Jul 4, 2013

गायक सुरज श्रेष्ठ 'मुद्दा हाल्ने' तयारीमा

काठमान्डौ, २0 असार /

नेपाली सुगम संगितको दुनियामा "सुर" एल्बम मार्फ़त छुट्टै पहिचान बनाएका गायक सुरज श्रेष्ठले अब छिट्टै आफ़्नि प्रेमिकालाई 'मुद्दा हाल्ने' तयारी गरेका छन ।

Jun 24, 2013

मुक्तक

रंग लिएर मनमा उमंगको तुफान लिएर ।
उदाई दिनु मुहारमा सुनौलो बिहान लिएर ।
पर्खेर बसेको छ कोहि केहि खोसिए जसरी,
आउंदा आउनु ओठमा मिठो मुस्कान लिएर ।


.

गजल

मान्छेले मान्छेलाई नै भ्रममा पारेर ।
बांचेका छन  यसरी  आफ़ैसंग हारेर ।

कसैले पनि सोचेको हुदैन कहिल्यै,
 कांडा  मात्रै  पलाउंछ  फूल सारेर ।

केहि लिनु छैन प्रतिफलमा मलाई,
वर्षौ देखि  बसेको  छु नदि तारेर ।


अलिकति मात्रै छ बचेको यो दिलको टुक्रो,
आउ नजिकै तिमी र जाउ त्यो पनि झारेर ।

.

May 4, 2013

प्रश्न ? (कविता)


धेरै भयो नसोधेको,
तिम्लाई -
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।

नढांटी भन -
भर्खरै मेरो दिलको कुनामै ;
छोएर गएको बाडुली,
तिम्रो हो कि होइन?

नढांटी भन -
शिरको बाटुलो चुल्ठिमा,
कस्का लागि हो त्यो,
सिउरेर ल्याएको रातो गुलाब ?

कैले बाटो मन्तिरको चौतारीमा,
कैले क्याफ़े र साइबरमा
टोलाएर आईरहने कस्का हुन ति यादहरु?
नढांटी भन -
कस्का हुन रातमा अबेरसम्म,
ननिदाई एकोहोरो आईरहने कल्पनाहरु?
सपनीमा बर्बराउने प्रेमिल बातहरु ?

धेरै भयो नसोधेको,
तिम्लाई -
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।