Feb 23, 2012

गज़ल

आयो गयो,फेरी आयो, हाम्लाई बाल मतलब ।
उहि मिति दोहो¥यायो, हाम्लाई बाल मतलब ।।

बर्डपलुले उहिल्यै —— खोर रित्तिसकेपछि,
आज स्याल करायो, हाम्लाई बाल मतलब ।

खै के के भनि रे,गरि रे उस्कीले भन्दै उस्ले,
कानैमा आइ सुनायो, हाम्लाई बाल मतलब ।

जहाँ कान नभएकाहरु एकोहोरो हेरिरहेथे त्यहाँ, 
उस्ले बडा मिठा गित गायो, हाम्लाई बाल मतलब ।

कहिल्यै डाहा गरिएन यार जिन्दगीभर कसैको
आज उस्ले नि माया लायो, हाम्लाई बाल मतलब ।।

वैशालु हुरी त चलेथ्यो उता बानेश्वरमा, तर
टारको बालुवा उडायो, हाम्लाई बाल मतलब ।।