Oct 5, 2012

यो साँझ......Vocal by Anil Shrestha

स्वर : अनिल श्रेष्ठ
शब्द : श्रेष्ठ समनश्री / घनश्याम गिरी
संगीत : यम गुरुङ
==================
यो साँझ ऐना भयो तिम्रो मुहार झल्किने ।
यादले सतायो........... छैन काँध ढल्किने ।।

आशा भो साहारा तिमी कहाँ दुरी भो टाढा ।
फूल उता ओईलायो की सम्झना भयो कांढा ।।
यादले सतायो........... छैन काँध ढल्किने ।।

सास बनेर बल्झिन्छेउ, नफेरी म बाँचु कसरी ?।
लाग्दैछ एक्लोपन, आज यो भिडमा पनि ।।
यादले सतायो........... छैन काँध ढल्किने ।।
पुरा गीत सुन्न र  Download गर्न यो Link click गर्नुहोस 

May 16, 2012

माया मेरो भन्दिनु है ....Vocal by Ghanshyam Giri

शब्द: श्रेष्ठ समनश्री
स्वर: घनश्याम गिरी
संगीत: ओम सुनार
=================
दुई चुल्ठी बाटेकीलाई, माया मेरो भन्दिनु है ।
वैशले खुब मातेकीलाई, माया मेरो भन्दिनु है ।

तनमन मेरो लगि आफै, अघि अघि तर्किएरै
बाटो मेरो काटेकीलाई, माया मेरो भन्दिनु है ।

बोलाएर बात गर्न, पर्खाएर चौतारीमा
आउँछु भनि ढाँटेकीलाई, माया मेरो भन्दिनु है ।

Free Download the song Dui chulthi


Feb 23, 2012

गज़ल

आयो गयो,फेरी आयो, हाम्लाई बाल मतलब ।
उहि मिति दोहो¥यायो, हाम्लाई बाल मतलब ।।

बर्डपलुले उहिल्यै —— खोर रित्तिसकेपछि,
आज स्याल करायो, हाम्लाई बाल मतलब ।

खै के के भनि रे,गरि रे उस्कीले भन्दै उस्ले,
कानैमा आइ सुनायो, हाम्लाई बाल मतलब ।

जहाँ कान नभएकाहरु एकोहोरो हेरिरहेथे त्यहाँ, 
उस्ले बडा मिठा गित गायो, हाम्लाई बाल मतलब ।

कहिल्यै डाहा गरिएन यार जिन्दगीभर कसैको
आज उस्ले नि माया लायो, हाम्लाई बाल मतलब ।।

वैशालु हुरी त चलेथ्यो उता बानेश्वरमा, तर
टारको बालुवा उडायो, हाम्लाई बाल मतलब ।।