Aug 16, 2011

गजल


हिजोआज प्यारको कुरा गर्छ, उहि मान्छे ।
खै कस्तो निराधारको कुरा गर्छ, उहि मान्छे ।।

प्वाँख काटेपछि पिजँडा खोलेर, उड् भन्दै
अब अधिकारको कुरा गर्छ, उहि मान्छे ।।

सिंगो आकाश उचालुलाझैँ , उफ्री थाकेपछि
अनि समझदारको कुरा गर्छ, उहि मान्छे ।।

यतै च्यात्छ उतै च्यात्छ, निराकार बन्छ जब
आफैँ फरी आकारको कुरा गर्छ, उहि मान्छे ।।

पासपोर्ट पनि बेच्यो उसले, बिजुली’नि चोर्यो
लाजै न’भै आचारको कुरा गर्छ, उहि मान्छे ।।

जसको भाउै छैन अचेल, कौडीमा कुहिनु छ
र पनि किन बजारको कुरा गर्छ, उहि मान्छे ।।

झिंगो मारेन जब ऊ, त्याहाँ थियो समर्थनमा
फेरी आज सरकारको कुरा गर्छ, उहि मान्छे ।।