Jul 24, 2011

गजल

होस गर मित्र बादल खस्ला, मुर्छा परौला ।
जवानीको व्यर्थै पसल फँस्ला, मुर्छा परौला ।।

यायावर जिन्दगीको, नभन एक्लै छु अझै
चौतारीमा रातो सल खस्ला, मुर्छा परौला ।

गर्मी नसोच वसन्तमा, प्यासी कलेटी ओठमा
कोइली झस्किँदा काफल खस्ला, मुर्छा परौला ।

कसले सोँचोस् यहाँ, बाग्मती बग्नुको व्यथा
कुनैबेला त्यसैगरि ढल खस्ला, मुर्छा परौला ।

अस्तायो त के भो त्यो, उदाँउदा तप्प तप्प
भेरी कर्णालीको जल खस्ला, मुर्छा परौला ।।