Jun 18, 2011

मैन (कविता)

पग्लदैथिए निधारहरु...
...
बिस्तारै– मध्यान्हमा,
सुर्यले निकै नजीकबाट नियालेर
प्रत्येक अंगहरुको रापिलो स्पर्शमा,
उनी–
यस्सो नाकको टुप्पो चलाउन नपाउदैं
तप्केका कर्कली पातका थोपाहरु
एउटा बेशहर किनारमा
किनारै फूलेका केवरा कुल्चेका एक जथ्था चराहरु
जिस्कदैछन् बेस्वाद बहेका नहरहरु...

यस्तो लाग्दैछ–
दिनको पर्खाइमा एउटा पूर्णिमा
मलिना यादहरुमा
तङ्ग्रिएका आशहरुको एक थुप्रो
उनको पिठ्यँुमा
बिस्कुन जस्तै लम्पसार,
...
सायद सुक्दैथिए ज्यानहरु...।।