May 7, 2011

पग्लेर घाइते ककनी (नियात्रा)

ख्यालै ख्यालमा स्याल पल्टियो एउटा कोचाकोच बसमा ककनीसम्मका लागि सामाखुसीबाट ।

वास्तवमा लेखेको हुदोरैछ देखेको भन्दा । हुनेबेलामा आउदा रैछन् प्रकृयाले आफै प्रक्रिया क्रमशः क्रमशः मिलाएर । ९ बजे देखिको गजल वाचन प्रस्तुति कार्यक्रमका लागि रेकर्ड गराइयो मित्र महेन्द्रजीको चिटिक्क मिनि प्लेयरमा सातै बजे आवाज र उछिट्टिएँ बेशरीर उपस्थीति जनाएर स–शरीर त्यहि सिङ्की खाँदिलो बसको चमेरे यात्रामा ।

“लु..... लु.... यो के ” सत्यराज झस्किएछ झल्याँस्स ।
“म नि, अनि अरु???” बोली सत्यतिर आँखा चारैतिर फिँजारिए मेरा । नेपथ्यमा कतै सुनिन्थ्यो “वा ऽऽ हा ऽऽ” बस्, सब यस्तै अनि यत्तिकै चमेरो झैँ झुण्डिएरै हो त ककनी ?
आऽऽ हा ऽऽ हा ऽऽ
लामो अनौठो हाँसो मार्फत उसले जनायो सहमति आँखा झिम्क्याएर ।
सबैका मुहारमा फुलिरहेको थियो चन्द्रमाको उज्यालो एकाबिहानै । एकाबिहानै कोपिलाइरहेका थिए अनुभुतिका आँकुाराहरु पनि । देखिन्थ्यो छरपष्ट । सानो हो कि ठूलो अड्कल काट्नै हम्मेहम्मे भएपनि म, साथीहरुले तय गर्नुभएका कार्ययोजनाका सम्पूर्ण कार्यक्रमहरु पूर्ण जनशक्तिका साथ अटेको थ्यो त्यै बसमा । अर्थात, गोलभेडा, आलु प्याजदेखि, तिनलाई नाँच्ने नचाउने र पचाउनेसम्मका साधन प्याकाप्याक अटेको थियो गजबसँग । बालाजु बाइपासबाट काठमान्डौको फोहोरी वैंश त्यागेर घचेटियो हाम्रो गाडी मंसीरको नपत्याउदो तुषारो पन्छ्यादै । उन्मक्त तुषारोले घमाइलो ढपक्क छोपेपनि पहाडको फनफनी फेदैफेद फनक्क फनक्क सबैको मन नागबेली यात्रामा चस्स चस्स गुडिरहेको थ्यो रमाइलोमा । साँघुरो थियो सडक । त्यसमाथि लुचुप्पै । जलक्रिडाबाट भर्खर उत्रिएको युवती झैँ निथ्रुक्क शीताम्य सडक गाडी चिप्लिने डर– कतै सिल्पट खाने हो कि ?
पुगनपुग ओशोतपोवन समीपमा मोटर रोकियो घचक्क । सबैले आ–आफ्ना असन्तोष साथीभाईलाई स्वस्थ पार्न थाले र पुनः हिड्न थाले गाडीका खुट्टाहरु । यतिबेला लगभग साथीहरु पुग्नुभएछ बसको पिठ्युँमा र देखिन थाले केहि सिटहरु पछाडी ।


नमस्कार सर
नमस्कार.....नमस्कार how are you santosh?‘‘डि.बी. सर अन्तिम सिटमा हुनुहुन्थ्यो थचक्क ।
बाटो त बबाल घुमाउरो र साँघुरो रै छ नि सर हगि?
क्ष् तजष्लप कय दगत हाम्रो लागि त कष्mउभि होइन त ?
घुमाउरो हेर्दा भालुभाङ्ग तिरै छौँ कि जस्तो, अनि उकालोले बस स्याँ स्याँको व्यथामा परेको देख्दा अब हामी थानकोट नजिकै आइपुग्यौ कि जस्तो लागीराछ मलाई त ।
हा ऽऽ हा ऽऽ थभक थभक ...
दोहोरी घन्किन थाल्यो । बन्द भयो गाडीमा बजेको मन्द आवाज । घमासानसित मच्चियो प्रथम वर्षका केटी साथीहरु र प्रदीप सरका विच चोटिलो शब्द हुरी ।
.......लाइछौ वेशन...........
हामी चैँ हाँसो र तालीमा मच्चियौँ पेट मिचिमिचि । उता म्याम भने मथ्यस्थता गर्दैहुनुहुथ्यो र सजगता थप्दै हुनुहुन्थ्यो दोहोरीमा पछाडीबाटै ।
परर्र......ताली, सुइट्ट ...... सिठ्ठी ।
समर्थनको कुनै कन्जुस्याँइ थिएन सबैबाट । क्याबिनमा केही सरहरु हुनुहुन्थ्यो प्रभाकर सहित मौनतामा । त्यसो त दोस्रोवर्षका साथीहरु कमै देखिन्थे । बाहुल्यता थियो प्रथम वर्षका साथीहरुकै । सत्य अगाडीबाट पछाडी सबका चेहेरा एकएक पढिरहेको थियो मुसुक्क मुसुक्क । ऊ अझै थियो चमेरे यात्रामा ।
बसभित्र सबै मग्नमस्त आ–आफ्नै दुनियाँमा ।
संम्झना, कोपिला र उमा एउटै पंक्तिमा तिम्ल्याहाझै रचिरहेका देखिन्थे आफ्नै संसारमा सुर ताल र आफ्नै मौन धुन । झुमिरहेका देखिन्थे आफ्नै गितमा ईन्दिरा, प्रमिला, सरस्वती र रस्मिताहरु प्नि।
‘क्भभ‘’ डि बि सर स्पष्ट देखिएका हिमाल सहितको उत्कृष्ठ दृष्य देखाउदै मेरा नजर पठाउनुहुन्थ्यो बेला बेलामा । साँच्चै देखिन्थ्यो सुर्यको मधुर प्रकाश छिरेर हाँसेका हिमाल र हरिया सिँढी चढेका पहाडी फाँटहरु कुशल कलाकारको सुन्दर क्यानभासझैँ । सजिएकी प्राकृतिक बेहुली । पहाड सुन्दर चेपहरु । चिटिक्क छाँट परेका आलीहरु, डिलहरु र फाँटहरु। हरिया पहेँला पाखाहरु र रमाएका घरबस्ति टुक्रुक्क । गजब छ वैश धर्तिको ।
“जे होस् आज चैँ स्पर्श गर्न पाइने भो नजरले नगीचैबाट हिमालको चाँदनी” प्रफुल्लित भयो मन ।
बाटो नाप्न थालेँ मनमनै। घुम्ति र मोड हरपाइलामा छ, पहाडको फेदैफद फनफनी । अतालिएको र आत्तिएको मन मेरो अनि बाँस जस्तो लम्बु बस त्यो साँघुरो बाटोको वश भन्दा बाहिर जस्तो ।
लामो जंघार तर्दै हामी लगभग अब थियौ संघारमा । दोहोरीमा थपियो आधुनिकता, पालो युवा तन्नेरी
“ बाऊले बिहे गर्देनन् भत्काइदिन्छु ...............”
“ ....तालको पानी माछीले खानी....हामीसंग जाने कि नजानी ?............”
समर्थन ताली झ्याप्प...झ्याप्प । ¥यापको तात्तातो झ्यापले बाफियो गाडी उधुमसित । कताबाट आइपुगेको थियो काम न काजको मादल मेरो हातमा,....सुर न ताल । दुईतिरका खरिमा दुई हात थिए दुई जनाको । घिन्ताङ्गमा मेरो र चिन्ताङ्गमा सत्यको । डि बि सर जिल्लै । अरु चैँ बाफमा टिल्लै । हामी चैँ चिल्लै
“ल....ल ... यतै साइड मिलाएर रोके हुन्छ ।”
गाडीलाई कुइक्क गाडीको बथानमा राखेर हामी लागेथ्यौं भएभरका क्याटरिङ्गका सरसामान बोकेर ओरालो खच्याङ्ग ,खच्याङ्ग ।
“यो ग्याँसको सिलिन्डर त यहिबाट गुर्काइदिए पनि हुने .........आनन्दै”
पिनिक्क स्थल अब माथिबाटै हा्वाङ्गै देखिन्थ्यो तल । हामी भन्दा अघि आइपुगेकाहरु रमाइरहेका देखिन्थे झुम्मेर ।
“ए, यो त यहाँँबाट फालिसडए पनि एकै चोटि ठाँउमै पुग्ने रैछ फाल्नुपर्छ कि कसो सर?”
“हँ, हह्ह्ह्ह” सुमनको हाँसो ।
“ला१ कस्तो ठाँउ? हिमालको त नामै छैन कतै पनि,”
“हो ......... अघि बरु उतै बाटोमा देखिन्थे क्या रमाइला दृष्यहरु”
“झुरै हुने भो नि यार १”
“हैन, तलबाट देखिएला नि १”
“शिरबाट नदेखिएको कुरा पनि तलबाट देखिन्छ र? कस्तो तपाई ंपनि१” नजिकै थिए प्रथम वर्षका साथीहरु । कमिलाका् ताँती लस्कर त्यो ओरालो बाटैभरि थियौं हामी जुलुसै लिएर हाएझैँ । एक बथान । अलि छिटो पुगेर नियालिरहेथेँ, म ।
“कस्तो छ त कलकीं, बिशाल, जी?”
“के भन्नु यस्तै.............”
“भोकको ज्वरोले लास्टै जरो गाडी सक्यो यार” एक जना मित्र आए र बिचमै बोले खाक्क” “ हो भन्या घडीमा मात्रै हैन र भुँडी मै १२ बजिसक्यो .......आन्दोलनै शुरु भैसक्यो”
“ल.....ल साथीहरु कार्पेट,कुर्सी मिलाएर बस्दै गरौँ । चियापान तयार हुन्छ तुरुन्तै। क्याटरिङ्ग तयार हुदैं थियो ।
एउटा कृतिम अग्लो हिमाल देखिन्थ्यो नजिकै, चद्नका लागि । रमाइलोका लागि सिढी सहित । विशाल र म हानियौं त्यतै तिर ।
सुर्यको मान्तातो तापले सेक्यो चिसो छातिलाई सकुन्जेल छत माथि उभिँदा ।
यत्रतत्र असारे रोपाइझैँ पाखै भरि । हुईहुई.........र सुईसुई........रमाइरहेका थिए युवा जमात ककनीको असमान्तर छाती माथि ।
क्याटरिङ्गका ािथीहरु व्यस्त थिए तुरुन्त पार्न ।
“डि.बी.सर जाँउ, यसो घुमघाम गरेर आउँदा ठिक होला”
“ य।प‘।रमेश सर भित’क नय अहिले चाँडै फर्कौला” रमेश सरलाई निमन्त्रणा डि.बी.सरको ।
लगियो ४ जना सानो नहर फट्केर ककनीका् डाँडो नियाल्न विस्तारै । बाटैमा भेटिए तिम्ल्याहा ।
“जाने ओइन्? जाम यसो घुमघाममा.........”
थपिएर ७ जना भयौं हामी । अलिक पर पुग्यौं, दुई खुड्किलो (पाखो) ओर्लिएर अडियौं ठिङ्ग मुर्ति झै परिवेश नियाल्दै ।
“जति तल गए पनि यस्तै, हिमाल बिलाइहाल्यो” टिप्पणी रमेश सरको ।
“हो भन्या .........कस्तो फुङ्ङ ठाँउ? बरु हाम्रै चुरेको हरियो श्रृखला ठिक हैन त डि.बी.सर?”
“हाम्रो लागि त गोठालो आए जस्तो छ, नाङ्गो पहाड.......” डि.बी.सरको व्यङ्ग्य ।
“लौ फर्कौ, चिया सेलाइसक्यो होला, भोकले सिमा नाँघिसक्यो।”
देखिन्थ्यो हाम्रो ग्रुपका साथीहरु उता नाँचिरहेका थिए झ्याम झ्याम । सुनिथ्यो मसिनो म्युजिक तरंग यतै पनि ।
विशालको आँखा अन्तै नाँचिरहेको भन्ने थाहै भएन हामीलाई । उसलाई लागे छ ककनीको छुटै मात । ऊ लाग्यो अझ तल अलि पर जोडीका साथ । तर जिल्लै फर्कियौं हामी । फर्किन्दै गर्दा अर्का जोडी सम्झना,उमा,कोपिला पनि हामीबाट छुट्टिए, बसे उतै कतै । हामी तीन झन जिल्लै ।
“सुर्रुप”
बसियो कुर्सीमा थ्याच्चै । भुडी भतेर नपाएकोमा आच्छुआच्छु पार्दैछ भोकले । चिदिएको भोक मथ्थर पार्न हम्मे हम्मे भएको छ हामीलाई ।
“ल साथीहरु लाईनबाट पालैपालो चियापानी लिनोस् है ।” उर्दी आयो ।
गइयो खाली पेट लिएर, थाप्न ।
“दचभबम र भनन एउटै प्लेटमा राख यार सत्य”
“लु......लु........बालै भएन नि.........” सत्य उचालियो र दुईको भाग एकै प्लेटमा खाइयो सुरुप्प कपाकप ।
थाथिएन यतिन्जेलसम्म पनि पिक्निकमा हुने अन्य कार्य तालिकाका बारेमा मलाई । केहि साथीहरु अभिनय पत्ति को तयारी गरिरहेका थिए । भाले बास्ने, कुकुर भुक्ने, श्रीमतीलाई माया गर्ने..... उट्पट्याङ्ग उट्पट्याङ्ग र ठट्यौलो । सत्य र म पनि थपियौ त्यसैमा र हाल्यो अझ उट्पट्याङ्ग । तर पत्तिसत्तिलाई हानिएछ लात्ति । पत्ति त फलिएछ खोइ कता ।
संगितको खयगिmभ चर्कियो मुटु थर्किने गरि । अघिको चिया बे्रड,अण्डा भुडीमा ¥याप हान्न थाले, नाँच्न थाले च्झष्ह मा ।
ख्यगिmभ मधुर भयो एकाएक । बन्द भयो नाँच्न । प्रदीप सर बोल्न थाल्नुभयो – अब हाम्रो परिचय कार्यक्रम शुरु हुदैछ । शुरुवात आफैबाट ।
परिचयका तरिका फरक फरक । कसैले कवितामा , कसैले बिहानै मातको तालमा । सकियो परिचय कार्यक्रम र शुरु भयो नाँच्नुको रमिता फेरि ।
“ ओई सन्तोष, जाने होइन–यसो फन्को मार्न?”
नाँच हेर्न मस्त म तर्सिए सत्यराजकको आवाजले ।
“कता जाने त? यस्तो ठाँउ छ ।”
“लु......कति......कति......ठाँऊ”
“लौ त अनि हामी २ मात्र?”
“हैन, छन अरु पनि सम्झनाहरु...................भ्लनष्किज नचयगउ”
म पछि लागेँ नाँच छोडेर एकतमास ।
“ ल, जाने होइन त? सन्तोष पनि आयो”
“एकछिन ह” सत्य, उसको चप्पल ........”
“कस्ले लग्यो र ?...........”
“ ह.......ह.......ह......भन्नुपर्ने .........पुनमले.........”
“म त मछु कि क्या हो”
“ हि .....हि.....हि...... नमर हो सत्य” सान्त्वना उमाको ।
कुदियो ५ जना पाँचै सुर लिएर एक बाँसुरी तालमा ।
“ओई, तिम्ले अघि तिनीहरुलाई पु¥याउन बोलाको हाम्लाईरु ? चिमोटी उमाले ।
“ अ ऽऽ कस्तो”
उमालाई समर्थन जनाउदै बाँकी सम्झना र कोपिला पनि बोले एकै सासमा । अवाक् मेरो खुल्न लागेको बोली पनि अवरुद्ध भयो, थुनियो जर्बरजस्ती ।
पोतियो ठ्याप्पै । र अन्कनिएछु आवाजमा –
“ हो ........अब .....के भनौ?”
“के भन्छन् यिनीहरु?” सत्यको अबोधता ।
“कस्तो अमिलो यार यो सुन्तला”
ठुलै मोड ल्याएर पसारिलिएँ त्यसमा, कुरा बटारियो अन्तै ।
बाँडाबाँड भयो सुन्तला केस्रा केस्रा । कस्तो अमिलो, यो त गुलियो आहा १ कस्तो पानी जस्तो बेस्वाद१
जिब्रो आफ्नै आफ्नै, स्वाद बेग्लै बेग्लै। र पुछियो हात मुखका रसरागलाई आपसमा, हातले मुखको ।
“कस्तो फुङ्ङ्ग ठाँउ यार, नाङ्गो डाँडो१ हाम्रो उताको डढेलो लागेको जंगल भन्दा पनि व्यर्थ । ककनी नै रहेछ कक्रक्क ।”
उनीहरुको मौनता, सत्यको सत्यता बाहेक ।
देखिन्थ्यो अलिक पर सल्लाका बोटहरु अनि टुप्पीभैmँ स्थान विशेष धुपीका बोटहरु । बुच्चो लाग्छ पहाड के के पुगे जस्तो सिन्दुर नहालेको आईमाईको सिउँदो भैmँ । फुङ्ङ्ग उडे जस्तो ।
निस्रो भएपनि रमाइलो दृश्य ठानेर खिचियो फोटो खिचिक्क ।
“के हो यार आफै आफै मात्र खिच्ने?” पुनम बबिता टुप्लुक्कता ।
सत्यले ती दुईलाई हेर्न थाल्यो क्यामराको लेन्सबाट ।
कत्रो सपाना बोकेर आएको हिमश्रृंखला ढाकेको ककनी प्रति रिस जागेर आयो मनैदेखि । सगरमाथा जत्रो चुल्याएर ल्याएको मनका उत्कण्ठा नराम्रोसँग भताभुङ्ग भयो । चर्कियो आगो ।
कठै १ समनश्री ,
आफै देखि आफैलाई दया जागेर आयो आत्मै देखि । पग्लेर घाइते भयो मन । फग्त, फगत लाग्यो ककनीको उधुमता ।
बटारियौं फेरि माथि टावरतिर र उक्लियौँ एउटा ठुलो दुंगामा ।
देखिन्थ्ये साथीहरु साना साना ( फुरुक्क , फुरुक्क नाँचिरहेको पःर ।
दुंगा माथिको दृश्य पनि कैद गरियो क्यामेराको सानो बन्द कोठाभित्र एकै आँखा झिम्क्याइमा ।
उनीहरु प्नि देखिन्थे उस्तै फुस्रो, न्यास्रो । कारण होलान् फरक फरक तापनि व्याकुल ।
“उः उता हिमाल क्या .........................” सम्झनाका साना आँखाले भेट्टाएछन् हिमालको शिर केहिपर ।
“आहा १”
एकाएक उज्यालो छाए झै भयो सबैमा ।
“लु.....लु.... जाउन त उतै”
“बाटो यता कि उता? कस्तो भिरालो एकै चोटि चिप्लने जस्तो हा....हा... कोपिलिएको कोपिला फुल्छ कि झैं कोपिलाको हर्ष र ठट्टा ।
ऋोर्लियौं खुरुरु । अनि चढियो स्याँ स्याँ गर्दै पल्लो डाँडो । सत्य र सम्झना दायाँबाट चदेछन् कतिछिटो १ बाँकी हामी बाँयाबाट शिरमुडिएको चारपाटे गा्रउण्डमा पुग्दा आर्मीसँग कुरा गर्दै देखिन्थे उनीहरु । उसलाई हामी दुई तिरबाट त्याँ पुग्दा ।
“हुदैन हुदैन यहाँ आउन पाइदैन।”
“एकैछिन दाई, एकैछिन....”
सत्यले उसलाई मनाउदै थियो – “ल त दाई तपाईले ने खिचिदिनोस न त फोटो १”
“आहा १ क्या मिलेको, ल ....... यो चै ठाँऊ हो है ।”
“खै त मर्लाै तजबलपक?” संझनाको प्यास पटक पटक ।
चुरोट तानेको थियो आकाशले । गुपm्फ धुँवा छरपस्ट । गणेश हिमालको सेताम्य चाँदनी देखिन्थ्यो केहि अंश – अंश भएपनि । लाग्थ्यो कतै लाज माने जस्तो कतै रिसाए जस्तो । आँचल ढपकक कुहिरो(तुषारो) भएर ।
“ल.......ल.........अब त कवि ज्यूको फिर्ला नि कविता” बतास चल्यो कोपिलाबाट ।
हुदैन हुदैन भन्दा भन्दै हतार हतारम हुवाइ दियो उसैले फोटो पनि क्यामेरामा ।
अनि फर्कियौ नजर हिमाल तिरै छाडेर बिस्तारै पाइला दक्षिणको ओरालो तर्फ ।
“के हो झोला त विशेष छ जस्तो छ नि, गाह्रो भए हामी सहयोग गरिदिउला बरु’ उमाको शंकास्पद उत्सुकता ।
“हैन, त्यस्तो केहि पनि .........खासै ........पत्रिकाहरु”
“केही होला नी विशेष” सत्याले उक्सायो उमालाई ।
“कस्तो अविश्वासी मान्छेहरु यार .........., ल हेर .......ल बोक.........”
गजलको कापी, कान्तिपुर, गरिमा, संगम, चेसुङ्ग, सिर्जना मञ्जरी, एउटा मफलर र क्याप – झोलाका विशेष । हेर्न थाले एक एक र पद्न थाले कखरा उनीहरुले खुलस्त ।
“यता पार्क पनि रैछ नि ।”
“ए १ जाम न ल एकछिन आजै त हो”
“ढिला भइसक्यो, २ बजिसक्यो, फेरी हामी मात्र यतै.......”
संझनालाई हतारो भै ल्यायो ।
अघि अघि लागे उनिहरु, पछि पछि म ।
“ओइ सन्तोष............यी” दाँतको कसरत गराउन किनेछ सत्यले चुइगम ।
पार्क पनि गजबको पार्क १ छैन फुलको बोट नि, प त चराचुरुङ्गीको मीठो कलख नै । धुपी, सल्ला र केही भ्mयाम बुट्टयान बाहेक छैन रंग अन्य । लाग्यो एउटा कोपिला ट हामीसँग, त्यो पनि ओइलिने त्रासले हामी चिन्तित रह्यौ केहिबेर । रह्यौ मौन । र मैले थाँले शब्द चाल्न । र कोरेँ केहि हाइकु तत्काल २र३ पटक मष्तिकका पानाभरि ।
(क) दिल चुडेर (ख) बैसालु हिम
ऋोइलियो कोपिला ढाकेर आँचलले
बगैचा शुन्य रोई ककनी
तर सुनाईन यी हाइकु उनीहरुलाई तत्क्षण । यसो भनौ बनेन वातावरण उनीहरुलाई सुनाउने नै ।
सत्यको मन आपm्नै वशमा थिएन । देखिन्थे – गोठालाहरु यत्रतत्र जाडी बाँधेर मस्कीरहेका । जोडी चखेवा झै बगैचा चरिरहेका घमासानसँग । लिबर्टीको सदुपयो थियो आपसमा । हामी लगाएतका थियौ जिल्लै । सत्यलाई असत्यताले सताई रहेजस्तो आभाष थियो तिव्र ।
प्यास लागेछ उनिहरुलाई । हुन पनि हो बादल कुदे भैm कुदेको ( कुद्यै उकाली ओराली । प्यास मीठो मेट्नु छ छिटो, त्यै मुलमा कलकल ।
म भने डेग नरोकि अलि पर हिमालको चाँदनी पिउन पुगँे मीठो स्थानको खोजीमा प्यासी मन डो¥याउदै ।
सुकुल बनाएर बसेँ मनलाई म ।
मन्ध समीर छ , चिसो चिसो । यतिबेला घामको केही नाम देखिएको थियो । दोछाँयाको रमणमा नजरले भ्याएका दृष्यहरु बिस्कुन भएर सुकाइरहेछन् आफुलाई । सजाईरहेछन् भावनाका लहरहरु आफुलाई सुकुलकमा । सुकुलका बिस्कुन देखेर चस्स चस्स २०६० सालमा “ ं २ उत्कृष्ठ” मुक्तकको आइरहेथ्यो संझना ।
अिमाल हाँस्थ्यो, डाँफे नाँच्थ्यो, देशकै गाउन पाए ।
बुद्धको त्यो शान्ति सन्देश, व्यवहारमा थाल्प पाए ।
स्वर्ग हुन्थ्यो यो नेपाल , शानसारा विश्व भर ।
आँकुराको यो कलह , निमोटेर फल्न पाए ।
हर्षित छ यतिखेर । बिर्सु जस्तो आफ्लाई । हराऊँ जस्तो भएको छ मलाई । चिसो समीर सिरिरि ...............चसक्क १ नबिझाउने गरि जान्छ हामीलाई छोएर । सल्लाका चिल्ला , बाटुला केश मुसारिन्छ पटक पटक । मौन म , पग्लन्छु उसरी नै ।
लाग्छ माथि छरपष्ट धँुवा बिचमा पनि कतै मेरै लागि खुलेको थियो निर्मल नीलो – निश्छल गगन , जहाँ म कुचि चलाइरहेको थिएँ आफ्नै क्यानभासमा । कोर्दै ( मेट्दै पटक पटक – फेरी – फेरी ।
“ लु अब त जाऊ यार , निकै बेर पो भो ......प्रभाकर रिसाउछ फेरी”
“हो.............लागम् अब् ढिला हुन्छ”
संझना सत्यको सर्मथनमा हात तपी ।
“तिमीहरु जाँदै गरन त .......”चस्स काँडा उम्रियो अर्काेतिरबाट ।
ज¥याक जुरुक लागे सबै पालैपालो निठुर बनेर । घात गरेर त्यो दृष्यलाई , उसको मोहकलाई ।
उत्ताउलो जीवनमा लम्पसार ककनीका उकाला(ओराला स्पर्श गर्दै दगुरिरह्यो हामी छाती माथि माथि खुर्रर...........खुर्रर.............।
मौकामा चौका हान्न बसेका फुटपाथ व्यापारीको समीप पुगेर घच्याक्क बे्रक लागेथ्यो सत्यको । र पूm ...............फा गर्दै कुदिरह्यौ बदामको कुरुम कुरुमले सत्यलाई लगाम लगाउदै बथानमा हराइरहेका थिए अझै पनि कोहि कोहि साथीहरु । बाँकी जति उफ्रिरहेका थिए स्वास्थको लागि । मन नाँचि।हेको थियो मेरो पनि उधुमसित भित्र भित्र । बाहिर चहेरा खोजिरहेथ्यो नाँच्नुको अर्थ ।
विशाल नाँच्यो कम्मर हल्लाएर । प्रभाकर त पुरा नर्तकी उठबस , जस्तो गित भए पनि समान । इन्दिराहरु प्नि नाँच्ने रौनकतामा कम्मर भाँच्दै देखिन्थे । तर प्रथम वर्षका साथीहरु , त्यसमा पनि केटीसाथीहरु , नाम त थाहा भएन , त साह्रै नाँचे लस्त हुनेगरि । उत्प्रेरकका रुपमा हुनुहुन्थ्यो श्याम र सुमन सर उस्ताद ।
प्रभाकर बाहेक त्यस्तो कोहि निस्किएन दोश्रो बर्षको प्रतिनिधित्व गर्ने । नाँचे प्रमिला, इन्दिरा, सरस्वती केही क्षण बस्............।
मलाई हेर्ने ठुलो रहर थियो बलराम अधिकारी सरले कम्मर भाँचेको, मोहन निरौला, ज्ञानेश्वर निरौला, भोला ढकाल सर मर्की मर्की नाँचेको । तुहियो रहर आशमा । फँस्यो ठुलो भाँसमा ।
साँच्चै तुहियो आश आफ्नै साथीहरुबाट पनि ।
सम्झनाको कम्मर मर्काई हेर्ने रहर थियो ,कोपिला फुलेको पुूष्ट लर्काई हेर्ने रहर थियो र थियो हेर्ने उमाको आँखा तर्काई पनि । सब् चुडियो ,ओइलियो फगत् । यद्यपि मलाई “ क्ष् ीयखभ थ्यग” भन्ने सत्यराज पनि । र नाँच्यो ठिङ्ग छाती हल्लाएर हँसाउन “च्याङ्बा हो च्याङ्बा ........”
ककनी काउकुती उफ्रिरहेकी थी । मच्चिरहेकी थी युवा जोशको सुम्सुम्याइसँग त्यसै त्यसै एकलास हुने भोकमा , दिनभर ।
चौतर्फी असरल्ल मान्छेका बिम्बहरु । गुञ्जित परिरवेश । प्रत्येक फाँट – फाँटमा छाँट बेग्लै र बेग्लै ताल र छालहरु ।
ककनी बसाई लगभग उत्कर्ष । भोज भाजन गर्ने तयारी ।
“ल साथीहरु क्रमबद्ध रुपमा भाजनका लागि तयार है ।” र बसियो ताँतीमा कमिला भैंm ।
ककनीको चकटीमा साथीहरु एक लर्काे । कोहि उभिन्दै – कोहि आनन्द पलेटीमा । हातहातमा गिलास र प्लेटमा सितन । व्यवस्था विविध । भेजलाई भेन , नन्नलाई नन्न भेज । सबै आ – आप्mनै कानुनानुसार सत्ता साझेदारी गर्दै रहेँ ।
घुमफिरबाट लस्त शरिर हल्लाउँदै यताउति गनै थाले साथीहरु । फेरी हान्निए संगितमा कोही साथीहरु । कोही छिरोलिए अब जाने तयारी गर्दै ।
“उसको नाम विशाल , ऊ पनि बर्दियाको । म चै बगहनाको, ऊ पदनाहाको ।”
जिल्लै तिम्ल्याहा । परिचय गराउदै थिए विशालसँग , म उनीहरुको ।
“अनि उ उमा थापा, ऊ चै संझना पौडेल ,र ऊ कोपिला थापा ऽऽऽऽ”
“ला...............हा..........हा...........हा........ओई .........कार्की”
मलाई सच्याउदै थिई उमा । कोपिला भने फुलेर फुल झै फुक्क थी ।
“अनि घर चै कता ?” चासो विशालको उनीहरुप्रति ।
“अँ .........ललितपुर .......सबैको ......भन्दा हुन्छ” पूmत्कियो आवाज उमको शालिनतामा । कोपिला र संझना मस्त मुस्काउन ।
कृतिम पर्वतारोहणको स्तम्भ तिर मोडियौँ फेरि ।
“आएको बेला यो पनि चढि हालौँ , कस्तो हुन्छ?”
“लौ ....लौ......” घ्यू थपिदिएँ सत्यको ईच्छामा ।
साँच्ची ऊ त पुग्यो उः माथि सरासर । कतैबाट खिचियो फोटो खिचिक्क । स्पर्श गर्दै थिएँ म पनि फेदमा ।
“कस्तो लाग्यो त ककनी यात्रा ?”
“खै ..के ..खै.....के.....” सत्यको असन्तोष बोली ।
उर्दी आयो फेरी – “ ल चियाको चुस्की लिऊँ साथीहरु ।”
“लु , हाम्लमई पनि लिएर आउनु चिया ।” एउटै वाक्यमा , एकैपटक दुई ओठबाट पूmत्किए हाम्रा ।
“ओहो १ ..........हा....ऽऽ .....हा.............”
कोपिला हामीसँगै थी ।
“कठै १ दुख पाए व्यर्थमा” मेरो सहानुभुति ।
तर सुनेनन् उनीहरुले , सुनेर सत्य हाँस्यो चिया चुसेरै ।
ग्यादरिङ्ग एकाएक ठुलै घटना भए भैmँ सबै बसियो ग्रुपमा मिलेर । ग्रुपिङ फोटाहरु क्ैद भए क्यामेरामा खिचिक्क ( खिचिक्क आँखै तिमिराउने गरि ।
अघि झरेका खेताला अब लाग्दै थिए उकालो । सब भन्दा अघिल्ला पाइलाहरु नै थिए हाम्रा र पछिपछि सरहरु र अझपछि थियो लावालसकर ।
जिस्किन एक नं तिम्ल्याहा चिसिक्क चिसिक्क जिस्किअहेका थिए । निस्किरहेका थिए कछुवा गतिमा पाइला उनीहरका ।
बस फेरी उस्तै भरियो टनाटन जन्तले टुन्न । स्वाँ स्वाँ भइराथ्यो बसलाई बोकिएकाथ्यौँ खाँजिएर सिंकी भैmँ । जे भएपनि बाटो काट्न थाल्यो गाडीले गाडीलाई निल्न थाल्यो बाटोले बिस्तारै ।
“ पाडो लाटो भएर दुध खान्छ , कौवा बाठो भए .... के भन्थे , भयो त्यस्तै । परियो अचम्मको सितमा । त्यस माथि भएभरक माननीय सहितका गुरुगण खाँदिए पछि त झन अटसमटस । त्यस पछि सरियो झन गजव ठाँउमा । क्याविन माथि , मोहन सरको मित्र भएर बबाल फोल्डिङ्ग सिटको काल्पनिक मज्जा सम्झदै ।
क्याविन रुम पनि ठेलमठेल । बाफ माथि झन बाफियो गुरुगणहरुका तिखा वाणक्षण युक्त प्रत्येक वाक्य (वाक्यांशले । हाँसियो पेट मिचिमिची , पिडा थिचिथिचि ।
उता पछाडी तिर पनि संसार रमिसकेको थियो । जमिसकेको थियो , एकोहोरी , दोहोरी र तेहोरी पनि । नाइके त प्रदीप सर नै उत्पातसँग मस्की मस्की ।
“ माननीय ज्यूलाई आजको यो अविश्मरणीय भ्रमण्म कस्तो लाग्यो त ?”
“हाम्रा माननीय ज्यूले स्थलगत भ्रमण गरेर आजै फर्कदै हुनुहुन्छ , अब यस क्षेत्रको समुचित विकासका लागि लोकतान्त्रिक सरकारसँग लोकतान्त्रिक बहस थाल्नुहुनेछ ...............।
ज्ञानेश्वर सर , मोहन सर , भोला सर एकपछि अर्को शब्द छेड्याछेड्यै । उता दाँया हातले च्यापु समातेर मुसुमुसु व्यस्त बलराम अधिकारी सर हुनुहुन्थ्यो चिन्तनमा ।
कठै १ किशोर सर ,
च्यापिनु भएछ बलराम सर सँग त्यो सानो सिटमा परेर ।
“कस्तो न्यारो डरलाग्दो बाटो है मोहन सर ।”
“ न्यारो बाटो हैन त ? के हो अंग्रजी र नेपाली दुवै सरलाई समेटेको हो कि क्या हो सन्तोष ?”
“हा........हा........हा...........”
“नेपाङ्ग्रजी नि सर नेपाङ्ग्रजी” विशाल अगाडीबाट बोल्यो ।
“ल माननीय ज्यू डायरीमा टिपे हुन्छ –बाटो फराकिलो बनाउनु पर्ने भयो, साह्रै साँघुरो भयो” थपिहाल्नुभयो चौका ज्ञानेश्वर सरले ।
गाडी निरन्तर थियो , आप्mनै रप्mतारमा निरन्तर । वन(वे बाटो , क्रस गर्दा एउटा साइड लागेर कुर्नुपर्ने ।
“हेर्नाेस् त बिहानको शीत यद्यपि जस्ताको तस्तै(लुचुप्पै”
घाम परोस् न सुकोस् । ककनी भिजेको फेरोमा लुचुप्पै ।
“आहा”
चुक्चुकाए सबैका मन मष्तिक । सुर्यास्तको रत्ताम्य दृश्य गोधँुलीमा ।
दुई पहाडको सुन्दर खोँचबाट देखिएको सुन्दर माधुर्य । मन्त्रमुग्ध सबै(सबैका लोभी नजरहरु ।
केही क्षण छायो शुन्यता तर उमा र विशार मस्त गफमा । तात्तातो गफ पस्किरहेका देखिन्थे उनीहरु ।
शुन्यता साह्रै शुन्यता छायो ।


“ल अन्ताक्षरी खेलौँ के को चुपचाप बस्या”
“गागरमा सुख सागर” भैंm मोहन सरको चद्यो वैशको जाँगर ।
समर्थनमा कन्जुस्याँइ भएन हामीबाट ।
शुरु भैहाल्यो ज्ञानेश्वर सरबाटै । गित ठ्याक्कै बिर्सिएछु यतिखेर मैले । तर याद छ गाइयो नेपालीदेखि हिनदीसम्म , कालजगी देखि क्षणिकसम्म , आधुनिक देखि पप र्याप सम्म , लोक देखि झोकसम्मका गित । अनि बनियो नारायण गोपाल देखि रामकृष्ण ढकालसम्मका उदीत देखि अभिजित ,लता मंगेस्कर , सुगम नवीन के. सम्म ।
“यो गित चैं हामी मेला तिर जाँदा बढि गाउथ्यौ मस्की मस्की.....ल ..........”
उहिले संझदै ज्ञानेश्वर सर थाल्नुभयो गित गाउन फेरी फेरी । उहाँका सुरिला गला कम थिएनन् कुनै उत्कृष्त गायक भन्दा , र थिएनन् कम मादलका ताल घिन्ताङ्ग घितान्ङ्ग पनि ।
“ल तपाईं माननीय पनि बताईदिईहाल्नोस् त तपाईं साइकोलोजीमा “म” बाट कुन गित आइहाल्छ ?”
मोहन सरको भाषा अलग्गै बलराम सरलाई बाढी तेस्र्याएर ।
“म मरेको पल तिमी डोली चढ्नु .........” सत्यको आवाज छि¥यो सानो भ्यालबाट टाउको सहित पल्याक्क । भवराजस्तै हराउने ऊ पनि मच्चियो अन्ताक्षरीमा ।
नुन खाएको कुखुरा भैंm थिएँ , म । कुनै जाँगर थिएन ममा । अर्काे तिर गाडीको अत्तरले सल्बराइरहेको थियो गिदी मेरो । चुपचाप , शान्त थिएँ। मेहन सर मलाई मुछिरहनुथियो गितमा पटक पटक गजबले ।
मोहन सर , भोला सर सत्यराज र सम्झना , उमा , कोपिला बिच सवालजवाफ उर्लिरहेका थिए । मादलको आफ्नै तालमा यता कुलिरहनु भएको थियो ज्ञानेश्वर सर साथमा ।
समयले बिताएछ हामीलाई । बाटो काटेछ गाडीले । रमाइलो मै निलिएछ फनफनी ती फेदका साँघुरा फेरोहरु ।
“के भो .........के ..........?” हतारिए भैंm ज्ञानेश्वर सर निस्कनु भयो बाहिर ।
गडी राकियो घचक्क । यतिखेर थियौं बालाजु बाइपास नेर हामीहरु । साँझले वैश तन्काउन थालिसकेको थियो .........अध्याँरो , कालो कालो । नाम याद भएन प्रथम वर्षका साथी, अचेत भएकाले मेडिकल तिर ज्ञानेश्वर सर छुट्नुभयो गाडीबाट ।
अँध्यारो झमक्कै । सरहरुलाई च्याप्यो छात्राहरुको समस्याले । र मोटर कुड्यो रफ्तारमा । चक्रपथ भेटियो यतिखेरबाट ।
शुरुभयो झर्ने र छुट्टिने क्रम क्रमशः – क्रमशः ।
“तगारोमा रुमाल राखी बाटो छेक्यो तिम्ले ...........” कन्दरा ब्याण्ड गुन्जियो तिम्ल्याहाबाट । जवाफीमा मोहन सर र सत्यराज । यतिखेर भने म पनि हौसिएँ – “ कभि – कभि मेरे दिलमा .........”
च्क्रपथको छोटोयात्रा कोटेश्वर चोकमा आएर रोकियो गाडी । ओर्लियौ हामी – मोहन सर , कोपिला, उमा, संझना, पुनप लगाएत म फटाफट र लाग्यो गाडी गन्तव्यतिर । सत्य ओरिइ छ । गाडी पबलायो हेर्दा हेर्दै अँध्यारोमा ।
ककनी यात्रा निलिसकेछ अध्याँरोले । अँध्यारोले निलिसकेछ ककनीलाई , शुन्यताले । एकलास , बस् ककनी एकलास उहि अस्थीसगै ।।