May 6, 2011

~ यो कथा होइन ~


उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ ।

“बकवास्”– मेरो जवाफ ।
ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो–
“Its raining outside यार ......”

माहोल बदल्ने प्रयासमा थिई ऊ ।

“हो र ?”
म पनि के कम, जे भए नि साहित्यको बिद्यार्थी पो त !
“Fertility”
“के को ?”
“तिम्रो यादको ...”
हाहाहा...........
“Greenery ”
“फेरि के को नि ?”
“तिम्रो मायाको ........ ”
“सब हावा, सब झुठ ”
“झुठ नहुन पनि त सक्छ”
“फगत्”
“अपसोच् !!”
“होला तिम्रा लागि ।”
“अनि तिमी के एक्लै ........?”
“हो एक्लै । तिमी पनि त.....”    मैले reply नगर्दै उसको buzz आइसकेको थियो -
“बाहिर सिमसिम पानी परीरहेको छ.................”

(~लोड सेडिङ्ग ~)

त्यसपछि उसले खै के लेखि, मेरो स्क्रीनमा आएन................
यति मात्र कल्पना गर्नसक्थेँ– ऊ पुराम्पुर त्यो सिमसिमाउदो पानीमा पक्कै रुझेकी थिई भित्रभित्रै........................लुचुप्पै ।

(~भोलिपल्ट~)
एकछिन रुक्नोस है त, Inbox मा offline message आको छ, जस्तो छ.........