Feb 14, 2011

गजल


प्रणय दिवश विषेश :
हातमा हात जोड्ने हो भने आउ तिम्रै हुँ।
मुटुमा फूल गोड्ने हो भने आउ तिम्रै हुँ।।

पहाडै पहाड बनेर आउछन्, जो  पनि अगाडी,
तिमी त्यो पहाड फोड्ने हो भने आउ तिम्रै हुँ।।

एक तमास भो जिन्दगी कतै टक्क अडिए जस्तो,
मिलेर  सँगै  मोड्ने हो  भने  आउ   तिम्रै  हुँ।।

अपुरो भो  जिन्दगी  के- के  नपुगे  जस्तो,
तिमी ती नपुग भोर्ने हो भने आउ तिम्रै हुँ।।

दुनियाँले के सुन्छन्, दुनियाँले  के भन्छन्,
अन्धबात सारा तोड्ने हो भने आउ तिम्रै हुँ।।

साक्षी राखेर प्रेमलाई खाउँला कशम मायालु,
परे प्राण सँगै छोड्ने हो भने आउ तिम्रै हुँ।।